|  

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाले आज कतारसँग कुरा गर्दै 

१ माघ, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कञ्चनपुरका विपीन जोशी रिहाइको पहलका लागि कतारका विदेशमन्त्रीसँग छलफल गर्ने भएकी छन् । 

उनले विपीन रिहाइको पहलका निम्ति आज कतारलाई आग्रह गर्न लागेकी हुन् । हमासको नियन्त्रणमा रहेका विपीन जोशीको रिहाइको लागि मंगलबार कतारका विदेशमन्त्रीसँग टेलिफोनमा कुराकानी गर्ने कार्यक्रम छ ।

सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गरेको थियो । त्यसक्रममा १० नेपाली विद्यार्थीसहित करिब १२ सयजनाको मृत्यु भएको थियो ।

विपीनसहित करिब २५० जनालाई हमासले बन्धक बनाएको थियो ।