१ माघ, काठमाडौं । अमेरिकाको लस एन्जलसमा फैलिएको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । आगोमा जलेर २४ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता छन् ।
प्यालिसेड्सको पहाडी क्षेत्रबाट सुरु भएको डढेलो इटन र हर्स्ट क्षेत्रका बस्तीमा फैलिएको छ । सबैभन्दा धेरै प्रभावित क्षेत्रको पहिलो नम्बरमा प्यालिसेड्स छ । प्यालिसेड्सको २३ एकडभन्दा बढी क्षेत्रमा आगो फैलिएको र जम्मा १४ प्रतिशत हिस्सामामात्र आगो नियन्त्रणमा सफलता मिलेको बीबीसीले जनाएको छ ।
आगो निभाउन पाँच हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ ।आगोबाट अति प्रभावित क्षेत्रको दोस्रो नम्बरमा इटन छ । यसको १४ हजार एकड क्षेत्रमा आगो फैलिएको छ र ३३ प्रतिशत हिस्सामा मात्र नियन्त्रणमा लिन सकिएको छ ।