|  

प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिमले गण्डकीलाई हरायो

१ माघ, काठमाडौं ।  प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी शुरुवात गरेको छ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई सात विकेटल हरायो ।गण्डकीले दिएको ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले नौ ओभर पाँच बलमा तीन विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका लागि रेवती धामीले अविजित २१ रन बनाइन् ।

गण्डकीका आकृती तिवारी र अपेक्षा बुढाथोकीले समान एक विकेट लिए ।खराब मौसमका कारण १५ ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङ गरेको गण्डकीले सात विकेट गुमाएर ५५ रन बनाएको थियो ।

गण्डकीका लागि सबैभन्दा धेरै रेखा तापाङले १३ र कप्तान सिर्जना पौडेलले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् । सुदूरपश्चिमकी रेवती धामीले चार विकेट लिइन् । यस्तै जानकी थापा र रितु कनौजियाले समान एक विकेट लिए ।