०१ माघ, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ५७ वर्षीया सुधा बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-३ महाराजगंजकी बस्नेतलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो । उनी समेत भएको बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट कुल ९० लाख ५० हजार रूपैयाँ विगो फैसला ठहर भई फरार रहेकी थिइन ।
उनलाई फैसला कार्यान्वयनका लागि उच्च अदालत पाटन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।