|  

माइती नेपाललाई १ करोड सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा

०१ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखनविरुद्ध काम गरिरहेको सामाजिक संस्था माइती नेपाललाई एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन ।

आज गौशालामा रहेको माइती नेपालको कार्यालयमा पुगेर उनले यस्तो घोषणा गरेका हुन । भेटमा संस्थाकी संस्थापक अनुराधा कोइरालाले संस्थाले गरिररहेका कामकारबाहीबारे जानकारी गराएकी थिइन । प्रधानमन्त्री ओलीले संस्थापक पदाधिकारी, आश्रित महिला र बालबालिकासँग छलफल गरेका थिए । उनले मानव बेचबिखनका समस्या समाधानका लागि सरकारले पहल गर्ने बताए ।