०१ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद्को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक-२०८० पारित हुने जानकारी दिएका छन् ।
शिक्षासम्बद्ध संघसंगठनका प्रतिनिधिहरूसँगको भेटमा प्रतिनिधिसभा सदस्यससमेत रहेका थापाले यस्तो बताएका हुन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको विधेयक हिउँदे अधिवेशनबाट पारित हुने बताउँदै उनले भने, ‘प्रस्तावित शिक्षा विधेयक यसै हिउँदे अधिवेशनबाट पास हुन्छ, ढुक्क हुनुहोस्। शिक्षकको पक्षमा एक आउँछ, दुई आउँछ, तीन आउँछ शिक्षा ऐन । शिक्षक महासंघ, शिक्षक संघलगायत सबै संघसंगठनको कार्यक्रममा गएर भन्नुहोस ।’