|  

मधेश केन्द्रित दलहरूले संविधान संशोधनमा साझा धारणा बनाएर अघि बढ्ने

१ माघ, काठमाडौं ।  मधेश केन्द्रित राजनीतिक दलहरूले संविधान संशोधनमा साझा धारणा बनाएर अघि बढ्ने सहमति गरेका छन् । 

मंगलबार काठमाडौंमा बसेको मधेश केन्द्रित राजनीतिक दलहरूको कार्यदल स्तरीय बैठकले संविधान संशोधन गर्दा मधेशको मुद्दालाई सशक्त रूपमा सम्बोधन गर्नुपर्ने भएकाले साझा धारणा बनाएर अघि बढ्ने सहमति गरेका हुन् । 

दुईदलीय प्रणालीमा लैजाने, थ्रेस होल्ड लगाएतका बिषयले देशको राजनीतिलाई नै असर पार्ने काम भइरहेकाले साझा ढंगले अघि बढ्ने सहमति समेत भएको जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले जानकारी दिए । उनले मधेश केन्द्रित राजनीतिक दलहरुहरु अव मोर्चा बनाएर अघि बढ्ने भन्दै आगामी बैठकमा साझा एजेण्डा तयार गरिने बताए । विभिन्न कारणबस मधेश केन्द्रित दलहरू विभाजित भएकाले भन्दै अब सहकार्य गर्ने प्रण गरिएको र वार्ता समितिलाई सक्रिय बनाएर अघि बढ्ने उनले बताए । 

बैठकमा जनता प्रगतिशील पार्टी लगायत राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका नेता, स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगाएत सहभागी थिए ।