१ माघ, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबले विजयी सुरूवात गरेको छ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशविरुद्ध १ सय ११ रनको फराकिलो जित दर्ता गरेर प्रतियोगितामा विजयी सुरूवात गरेको हो।
एपीएफले प्रस्तुत गरेको एक सय ८३ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै ७१ रन मात्रै बनायो।
एपीएफका लागि करुणा भण्डारीले तीन तथा रेखा रावल, सुमन विष्ट र विनु बुढाले समान एक विकेट लिए।