१ माघ, काठमाडौं । जय ट्रफी एलिट कपको फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लव भिडिरहेका छन्। पहिले ब्याटिङ गरेको पुलिसले पहिलो दिनको खेल समाप्त हुँदा २ विकेट क्षतिमा ८५ रन बनाएको छ।
वर्षाका कारण आजको खेल दिउँसो मात्र सुरु भएको थियो। आर्मीले टस जितेर पहिले फिल्डिङ रोज्यो। पुलिसले पहिलो बलमै ओपनर दिलिप नाथलाई गुमाए पनि अर्का ओपनर कुशल भुर्तेलले इनिङ सम्हालेका थिए। उनले आक्रामक अर्धसतक बनाउँदै टीमलाई अघि बढाएका छन्।
भुर्तेलले ५१ बलमा अर्धसतक पूरा गरेका हुन्। उनले ६ चौका प्रहार गरिसकेका छन्। प्रतियोगितामा कुशलको यो दोस्रो अर्धसतक हो।