२ माघ, काठमाडौं । दक्षिण अफ्रिकाको सुनखानीमा फसेका १०० भन्दा बढी कामदारको मृत्यु भएको छ। खानीमा दुई महिनादेखि ४०० भन्दा बढी कामदार फसेका थिए ।
उनीहरू सबै अवैध रूपमा सुन उत्खनन गर्न खानीमा प्रवेश गरेका थिए । उद्धार कार्यका लागि विशेष खानी उद्धार टोली घटनास्थलमा पठाइएको जनाइएको छ । कामदारहरूले भोक र तिर्खाका कारण ज्यान गुमाएका हुन्। अहिलेसम्म १३ वटा शव बाहिर निकालिएको छ ।
धेरै मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।उद्धार गरिएका कामदारहरूसँग दुई भिडियोहरू भएको सेलफोन फेला परेको छ यी भिडियोहरूमा दर्जनौं शवहरू पोलिथिनमा बेरिएको देखिन्छ ।
खानीमा काम गर्ने कामदारहरूसँग सम्बन्धित सामाजिक संस्था माइनिङ अफ्फेक्टेड कम्युनिटीज युनाइटेड इन एक्सन (एमएसीयूए) का अनुसार प्रहरीले गत वर्ष नोभेम्बरमा अवैध खानी विरुद्ध कारबाही सुरु गरेको थियो ।
प्रहरीले यो खानीलाई सिल गर्ने प्रयास गरेको थियो । यसका लागि कामदारहरूलाई बाहिर निस्कन भनियो। पक्राउ पर्ने डरले कामदारहरूले खानीबाट बाहिर निस्कन अस्वीकार गरे। यसपछि, यी कामदारहरू खानीमा फसे ।