२ माघ, काठमाडौं । युक्रेनले रुसका धेरै ठाउँमा आक्रमण गरेको छ ।
यो युद्धपछिको ‘सबैभन्दा ठूलो’ आक्रमण भएको युक्रेनले दाबी गरेको छ । युक्रेनको सशस्त्र बलका अनुसार विभिन्न क्षेत्रमा गोलाबारुद भण्डार र रासायनिक प्लान्टलाई निशाना बनाइएको थियो ।
युक्रेनको खुफिया एजेन्सीले यो हमला रुसी क्षमताका लागि ‘पीडादायी प्रहार’ भएको बताएको छ । तर रुसले युक्रेनले प्रहार गरेको मिसाइल र क्रुज मिसाइललाई खसालेको बताएको छ । रुसले पनि यो आक्रमणको जवाफ दिने बताएको छ ।