|  

संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने प्रतिपक्षी दलहरूको निर्णय

२ माघ, काठमाडौं । प्रतिपक्षी दलहरूको बैठकले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् ।

आज बिहान नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलहरूको बैठकले संयुक्त वक्तव्य निकालेर दबाब दिने निर्णय गरेको हो ।

बैठकमा सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्ने निर्णयसमेत भएको छ ।