|  

भारतमा एचएमपीभी सङ्क्रमितको संख्या १८ पुग्यो 

२ माघ, काठमाडौं । भारतमा ह्युमन मेटान्युमो भाइरस (एचएमपीभी)सङ्क्रमितको सङ्ख्या १८ पुगेको छ ।

पुडुचेरीमा अर्को बच्चाको पनि भाइरसको परीक्षण पोजेटिभ आएपछि देशभरमा सङ्क्रमितको सङ्ख्या १८ पुगेको हो । बच्चालाई ज्वरो र खोकी लागे पछि अस्पतालमा भर्ना गरिएको तर अहिले निको हुँदै गइरहेको बताइएको छ ।

एचएमपीभी सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि राज्यहरूले सतर्कता बढाएका छन् । पञ्जाबमा वृद्धवृद्धा र बालबालिकाहरूलाई मास्क लगाउन सल्लाह दिइएको छ ।

गुजरातका अस्पतालहरूमा धमाधम आइसोलेसन वार्डहरू बनाउने काम भइरहेका छन् ।