|  

५ हजारभन्दा बढी रुसी गर्भवती महिला अर्जेन्टिना प्रवेश

०२ माघ, काठमाडौं । पछिल्ला महिनामा ५ हजारभन्दा बढी गर्भवती रूसी महिलाहरू अर्जेन्टिना पुगेका छन् ।

हालै ३३ गर्भवती महिला एकै उडानबाट अर्जेन्टिना पुगेपछि यो विषय बाहिर आएको हो । रसियन महिलाहरू अर्जेन्टिनाको नागरिकता प्राप्त गर्न चाहेका कारण अर्जेन्टिना पुगेको बताइएको छ । उनीहरूको बच्चाहरू अर्जेन्टिनामा जन्मेको सुनिश्चित गर्न उनीहरु अर्जेन्टिना पुगेको खुलासा भएको छ । अधिकारीहरुका अनुसार रुसी महिलाहरु आफ्ना सन्तानलाई अर्जेन्टिनाको नागरिकता दिन चाहन्थे किनभने यसले रुसी राहदानीभन्दा अर्जेन्टिनाको नागरिकताले बढी स्वतन्त्रता दिएको छ ।

अर्जेन्टिनाको राहदानी संसारभर धेरै सुरक्षित छ । यो राहदानी धारकहरूलाई भिसा बिना १ सय ७१ देशहरूमा प्रवेश गर्न अनुमति दिन्छ । यहि कारणले अहिले रुसी गर्भवती महिला अर्जेन्टिना जाने गरेको बताइएको छ ।