२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई चलायमान र सवल बनाउनेमा ध्यान दिनुपर्ने बताएका छन् ।
बुधवार बालुवाटारमा उद्यमी व्यवसायीहरूसँगको छलफलमा ओलीले यस्तो बताएका हुन् । उनले देशका दुई ठुला दल देशको सकारात्मक काम गर्न नै वर्तमान सरकार बनेको भन्दै काम, निर्णय दह्रा गर्ने दाबी गरे ।
उनले भने, ‘अर्थतन्त्रको बारेमा मलाई भन्दा बढी तपाईंहरुलाई थाहा छ । तपाईंहरु त्यही बसेर काम गर्नुभएको छ । मौद्रिक, फाइनान्सियल, आयात, निर्यातको अवस्था के छ? आयात घटाउने भनेका छौ, तर केही आयात गर्नुपर्ने भन्दा नगर्ने गरिरहेका छौ,।’