|  

पर्सामा ह्युमपाइप राख्न खनिएको खाल्डोमा मोटरसाइकल खस्दा १ युवकको मृत्यु

०२ माघ, काठमाडौं । पर्साको सखुवाप्रसौनी गाउँपालिका-२ जमुनियामा ह्युमपाइप राख्न खनिएको सडकको खाल्डोमा मोटरसाइकल खसेको छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका अनुसार जमुनियाको कर्बोला चोकको सडकमा ह्युम पाइप राख्नका लागि खनिएको खाल्डोमा मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा जमुनिया निवासी २३ वर्षीय सुदर्शन चौधरीको मृत्यु भएको छ । गय राति ९ बजेको समयमा पथरैयाबाट पँचगाव जाने क्रममा ना.२८ प ३८१९ नम्बरको मोटरसाइकलमा सवार दुई जना मोटरसाइकल सहित खाल्डोमा खसेका थिए । मोटरसाइकलमा पछाडि बसेका सुर्दशन चौधरीको वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक जमुनियाकै २४ वर्षीय दिपेन्द्र चौधरीको भने अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।