२ माघ, काठमाडौं । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति यून सुक योलललाई पक्राउ गरिएको छ ।
हप्तौँदेखि अनुसन्धानकर्ता र उनका सुरक्षाकर्मीहरूबिच घम्साघम्सीपछि अनुसन्धानकर्ताहरूले बुधवार बिहान युओललाई गिरफ्तार गरेका हुन् ।
दक्षिण कोरियामा पक्राउ पर्ने येओल पहिलो सत्तासीन राष्ट्रपति हुन् । गएको महिनाको सुरुतिर मार्सल ल लगाउने येओलको प्रयास विपक्षी दलहरूले केही घण्टामै विफल तुल्याएपछि दक्षिण कोरिया राजनीतिक सङ्कटमा फसेको छ । यसपछि विपक्षी दलले येओलमाथि महाभियोग प्रस्ताव पारित गरेका थिए ।
उनीमाथि अहिले देशद्रोहको अभियोगमा छानबिन भइरहेको छ । संवैधानिक अदालतले उनीमाथिको महाभियोग वैध छ भनेर निर्णय नगर्दासम्म येओल प्राविधिक रूपमा दक्षिण कोरियाका राष्ट्रपति नै हुन् ।