२ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई बूढानीलकण्ठ बोलाएका छन् ।
पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग सामूहिक छलफल गर्न देउवाले भोलि उनीहरूलाई बोलाएको सचिवालयले जनाएको छ ।
सरकार गठन भएको ६ महिनासम्म पनि ओली सरकारले जनअपेक्षित काम गर्न नसकेको भन्दै आलोचना भइरहेको बेलामा देउवाले आफ्ना मन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् ।