२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्न लागेका छन् ।
आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हल (कोठा नं.४१३) मा पत्रकार सम्मेलन आयोजना गरिएको हो ।
सरकारले हालै ल्याएको अध्यादेशको विषयवस्तु पत्रकार सम्मेलनमा सार्वजनिक गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।