२ माघ, काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित उपसमितिले विवाहको उमेरहद १८ वर्षमा झार्न सुझाव दिएको छ ।
मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा कानुन कार्यान्वयनबारे उपसमितिले अध्ययन तथा अनुगमन गरेपछि यस्तो सुझाव दिएको हो ।
मुलुकी देवानी संहिता, २०७४ को दफा ७० को उपदफा १ (घ)मा विवाह गर्ने उमेर २० वर्ष रहेको छ ।