|  

लामो समयदेखि निष्क्रिय समाजवादी मोर्चाको बैठक जारी

०२ माघ, काठमाडौं । समाजवादी मोर्चाको बैठक अहिले जारी छ ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा मोर्चाको बैठक बसिरहेको हो । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ , नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द, नेसपाका महेन्द्रराय यादवलगायत शीर्ष नेताहरूको उपस्थिति  छ । बैठकले आगामी रणनीति तयसमेत गर्ने बताइएको छ ।

समाजवादी मोर्चा लामो समयदेखि निष्क्रिय छ । समाजवादी मोर्चा सक्रिय बनाउने विषयमा केही दिन अगाडि प्रचण्ड र नेपालबीच छलफल भएको थियो । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको समयमा जसपा नेपालविभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टि जनाउँदै मोर्चामा निष्क्रिय बनेका थिए । समाजवादी मोर्चामा रहेपनि पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने समाजवादी कार्यक्रम तय नगरी समाजवादी मोर्चा बनाउनु गलत भएको भन्दै विरोध गर्दै आएका छन् ।