०२ माघ, काठमाडौं । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र तत्कालीन नेपालको शान्ति प्रक्रियामा निकै महत्त्वपूर्ण भमिका खेलेको अनमिनका नेपाल प्रमुख ईयान मार्टिनसँग भेटवार्ता गरेका छन् ।
लण्डनमा भएको भेटघाटका क्रममा मार्टिनले अहिले पनि नेपालको शान्ति प्रक्रिया अझै नटुङ्गिएकोले जतिसक्दो छिटो यसलाई टुङ्गयाउन सुझाव दिए । उनले यस्ता कुरालाई लामो समयसम्म राख्न नहुने तर्क गरे । तत्कालीन समयमा बिद्रोहमा रहेको दल समेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकोले संक्रमणकालीन न्यायलाई टुङ्गयाउनु पर्ने उनको भनाई छ ।