|  

भोलिदेखि आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको घोषणा !

०२ माघ, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले माघ ३ गतेदेखि २१ गतेसम्म आन्दोलनको घोषणा गरेको छ ।

आज सम्मेलन गर्दै महासंघले निर्माण उद्योगको समस्यालाई राज्यका कुनै पनि तह र तप्काले अहिलेसम्म गम्भीर रुपमा नलिएको भन्दै आन्दोलन गर्ने घोषणा गरेको हो । निर्माण उद्योगमा एकपछि अर्को गरी जटिल समस्याहरू देखा परी निर्माण उद्योग पूर्ण रुपमा धराशायी हुने निश्चित भएकाले निर्माण उद्योगका तमाम समस्या समाधानका लागि नेपाल निर्माण व्यवसायी महासंघ समेतको प्रतिनिधित्व रहने गरी निर्माण उद्योगलाई बचाउनका लागि उच्चस्तरीय आयोग गठन हुनुपर्ने माग राखेको छ ।