०२ माघ, काठमाडौं । प्रेस सेन्टर नेपालको ५ औँ राष्ट्रिय महाधिवेशनको मिति सर्ने भएको छ ।
यही माघ १५ गते गर्ने भनिएको महाधिवेशन तयारी नपुगेको कारण देखाउँदै केही दिन सार्ने तयारी गरेको हो । तर औपचारिक निर्णय केन्द्रीय समिति बैठकले गर्ने अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए । अधिवेशन हुन बाँकी रहेका जिल्ला अधिवेशनहरूमा माघ २० भित्र सम्पन्न गरिसक्न सूचना जारी गरिसकेको छ ।
यस्तै राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूको नाम माघ १० भित्र केन्द्रीय कार्यालयमा पठाउन र अनलाइन फर्म अनिवार्य रूपमा भर्ने अनुरोध गरिएको छ । १ सय १९ नयाँ कार्यसमिति छनोटका लागि करिब ८ सय प्रतिनिधि सहभागी हुनेछन ।