२ माघ, काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से १.८३ अंकले बढेर २५९५.९६ विन्दुमा रोकिएको छ ।
नेप्से झिनो अंकले बढ्दा ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ४५ हजार ४२७ कित्ता शेयर कारोबार भएको छ ।
आज १२४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ । दिनभरमा २९९ वटा कम्पनी कारोबारमा आउँदा ६३ हजार ३७४ पटक शेयर किनबेच भएको छ।