|  

८४ कम्पनीले आइपिओ निष्कासनको अनुमति माग्दै

०२ माघ, काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आइपिओ निष्कासनको अनुमति माग्दै ८४ वटा कम्पनी पाइपलाइनमा रहेका छन् ।

यी ८४ कम्पनीले ५१ अर्ब ५१ करोड रूपैयाँको सेयर जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डको अनुमति पर्खिरहेका हुन । अहिले धितोपत्र बोर्डका ४३ वटा जलविद्युत कम्पनीले १८ अर्ब ४० करोड रूपैयाँको सेयर जारी गर्ने अनुमति मागिरहेका छन् । अहिले नै नेप्सेमा यो जलविद्युतका कम्पनीको संख्या सबैभन्दा धेरै छ । नेप्सेमा अहिले ९१ वटा जलविद्युत कम्पनीको सेयर कारोबार भइरहेको छ । यी कम्पनीको सेयर मूल्य एक सय ९६ देखि २ हजार ४ सय ९० रूपैयाँसम्मका कारोबार भइरहेका छन् ।

आइपिओको पाइपलाइनमा रहेका कम्पनी सूचीकृत भएसँगै जलविद्युत कम्पनीहरूको संख्या १ सय ३३ वटा पुग्ने देखिन्छ । उत्पादन तथा प्रशोधनमूलक क्षेत्रबाट १६ कम्पनीले आइपिओ जारी गर्ने भएका छन् । १६ कम्पनीले २२ अर्ब ७२ करोड रूपैयाँ बराबरका सेयर जारी गर्ने भएका हुन् । अन्य समूहबाट १० कम्पनीले ३ अर्ब ३२ करोड बराबरको, होटेल तथा पर्यटन क्षेत्रका सात कम्पनीले तीन अर्ब ३१ लाख बराबरको, लगनी क्षेत्रबाट ३ कम्पनीले २ अर्ब ८४ करोड बराबरको सेयर जारी भएका हुन ।

त्यस्तै, ४ वटा लघु बीमा कम्पनीले ९० करोड रूपैयाँ र एक लघुवित्त कम्पनीले ८० लाख रूपैयाँ बराबरको सेयर जारी गर्ने भएका हुन् ।

एक अर्ब रूपैयाँमाथि सेयर जारी गर्ने कम्पनी
कम्पनी   जारी गर्ने सेयर मूल्य
जगदम्बा स्टिल्स  ६ अर्ब २ करोड
सौर्य सिमेन्ट  ४ अर्ब २२ करोड
मारुती समेन्ट्स  ४ अर्ब ३७ करोड
अम्बे स्टिल्स  ३ अर्ब ३९ करोड
स्युरी न्यादी पावर  ३ अर्ब ३ करोड
रिद्धि सिद्धि सिमेन्ट्स  २ अर्ब ६० करोड
शिवम होल्डङ  २ अर्ब ४३ करोड
सोलु हाइड्रोपावर  २ अर्ब
डिस मिडया नेटवर्क  १ अर्ब ३५ करोड
युनाइटेड मेवा खोला  १ अर्ब २३ करोड
अर्किड होटल  १ अर्ब १५ करोड