०२ माघ, काठमाडौं । निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले कुनै पनि बयान दिन अस्वीकार गरेका छन् ।
महाभियोगपछि निलम्बित राष्ट्रपति युन सुक योलले अनुसन्धानका क्रममा लगातार कुनै बयान दिन इन्कार गरेको र सोधपुछ प्रक्रियालाई रेकर्ड गर्न वा भिडियो टेप गर्न दिन अस्वीकार गरेका हुन् । दक्षिण कोरियाको भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) ले ‘सियोल वेस्टर्न डिस्ट्रिक्ट कोर्ट’ बाट जेल चलानका लागि मिति थप गरी पक्राउ पूर्जी जारी गर्नका लागि आवेदन गर्ने तयारी गरिरहेको छ । यदि सहमति भएमा हिरासत अवधि बढीमा २० दिनसम्म बढाउन सकिन्छ । सीआईओले १० दिनको हिरासतपछि युनलाई अभियोजनपक्षलाई हस्तान्तरण गर्ने योजना बनाएको छ । यसको जवाफमा युनको कानुनी टोलीले एक विज्ञप्ति जारी गर्दै सीआईओलाई राष्ट्रपतिमाथि अनुसन्धान गर्ने अधिकार नभएको र पक्राउ पुर्जी ‘गैरकानुनी’ भएको उल्लेख गरेको छ ।
उक्त टोलीले पक्राउ पुर्जीको गैरकानुनी कार्यान्वयनको लागि सीआईओ र प्रहरीलाई कानूनी रूपमा जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।