|  

आगामी दिनमा भूकम्प प्रतिरोधी संरचनालाई थप प्रभावकारी बनाइन्छः गृहमन्त्री लेखक

०२ माघ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भूकम्प तथा विपद् न्यूनीकरणका लागि नयाँ प्रविधिको प्रयोगमा जोड दिइने बताएका छन् ।

आज कीर्तिपुरस्थित बिपी कोइराला मेमोरियल विज्ञान संग्रहालयमा आयोजित २७ औं भूकम्प सुरक्षा दिवस कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले भने, ‘सरकारमा यसको कुनै कमी रहने छैन । आगामी दिनमा भूकम्प प्रतिरोधी संरचनालाई थप प्रभावकारी बनाइनेछ ।’

उनले बहुप्रकोपीय सूचना प्रणाली र तालिम केन्द्रलाई सरकारले प्राथमिकतामा राख्ने बताए । भूकम्प दिवसको अवसरमा कीर्तिपुर नगरपालिकाले आयोजना गरेको राष्ट्रिय मूल समारोह कार्यक्रम आयोजना गरेको हो । १९९० साल माघ २ गतेको गएको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाइने गरिएको छ ।