|  

रास्वपाका कार्यकर्ताद्वारा अदालतभित्रै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट

०२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण प्रयास गरेका छन् ।

काठमाडौँ जिल्ला अदालत परिसरमा त्रिपाठीमाथि रास्वपा कार्यकर्ताहरूले आक्रमण प्रयास गरेका हुन । आज रवि लामिछानेमाथिको मुद्दामा बहस सकिएपछि बाहिर निस्कने क्रममा उनीहरूले त्रिपाठीमाथि आक्रमण प्रयास गरेका हुन । त्रिपाठीले स्वर्णलक्ष्मी सहकारी पीडितका तर्फबाट बहस गरेका थिए ।