०२ माघ, काठमाडौं । महिला प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित हात पारेको छ ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ७५ रनले पराजित गरेको हो । यसअघि सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो । सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ मा अलआउट भएर ५२ रन मात्र बनाउन सक्यो । यसअघि सुदूरपश्चिमले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १२७ रन बनाएको थियो ।
भोलि हुने खेलमा गण्डकी प्रदेश र कर्णाली प्रदेश तथा एपीएफ र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।