०२ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हाल सत्ताको दुरुपयोग भइरहेको आरोप लगाएका छन् ।
आज काठमाडौंमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सरकारले संविधान र संसदलाई उपेक्षा गर्ने काम गरिरहेको र सत्ताको दुरुपयोग भइरहेको बताएका हुन् । संसदीय समितिमा विधेयकहरू रहेको अवस्थामा नियमविपरीत अध्यादेश ल्याउने काम भइरहेकाले खवरदारीका साथ दबाब दिनुपर्ने उनको भनाइ छ । समितिमा विचाराधीन विधेयक फिर्ता भएपछि मात्रै अध्यादेश ल्याउन मिल्ने जिकिर गर्दै नेपालले ल्याउनै पर्ने भए सबै दलसँग छलफल गर्दा राम्रो हुने बताए ।