०२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन गर्छु भन्नु नदीको किनारमा बसेर ढुंगा फ्याकेर नदी थुन्न खोजेजस्तो भएको टिप्पणी गरेका छन ।
आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गरेका हुन् । उनले समाजवादी मोर्चाले आन्दोलन गर्न लागेको सुनेको भन्दै सभ्य तरिकाले गर्न पनि आग्रह समेत गरे । आज बिहान मात्रै समाजवादी मोर्चाको बैठक बसेको थियो । बैठकले अन्य विभिन्न निर्णय गर्दै यहि माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने पनि निर्णय गरेको छ ।