०२ माघ, काठमाडौं । जिल्ला अदालत काठमाडौं बाहिर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टीले ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले घटनामा पार्टीका कुनै सदस्यको संलग्नता भेटिए कारवाही गर्ने बताएका छन । रवि लामिछानेविरुद्धको मुद्दामा त्रिपाठीले जाहेरीकर्ताको तर्फबाट बहस गरेका थिए । आज बहसपछि काठमाडौं जिल्ला अदालत परिसरभित्र त्रिपाठीविरुद्ध हुलहुज्जत र हातपात भएको थियो । झाले यस किसिमको व्यवहार कानूनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनीतिक दलका लागि स्वीकार्य नरहेको बताए ।