|  

सत्ता साझेदार दलहरूबीच छलफल गरेर अध्यादेश ल्याइएको होः प्रधानमन्त्री ओली

०२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दलहरूबीच गहन छलफल र अध्ययनपछि मात्रै भुमीसम्बन्धी अध्यादेश जारी गरिएको बताएका छन ।

आज सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले काँग्रेस-एमाले, उद्योगी व्यवसायीसँग गहन छलफल गरेर अध्यादेश ल्याइएको बताएका हुन । ओलीले जारी भएको अध्यादेशले समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षालाई छिटै पूरा गर्न दत्तचित्त भएको सन्देश दिएको दाबी गरे । उनले अत्यन्त जरुरी भएका २९ वटा कानुन संशोधन गरेर मन्त्रिपरिषद्ले सिफारिस गरेको र राष्ट्रपतिले जारी गरेको बताए । 
उनले भूमिसम्बन्धी अध्यादेश राष्ट्रपतिले जारी नगर्नुलाई अध्यादेश रोकियो भन्ने शब्द नै नमिल्ने बताए । तर राष्ट्रपति पौडेलले भने ओलीको पत्रकार सम्मेलन भइरहँदा पनि उक्त अध्यादेश जारी गरेका थिएनन । आज ढिलोगरी राष्ट्रपति पौडेलले सो अध्यादेश जारी गरेका हुन ।