०२ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्नातक तहको भर्ना मिति एक साता थप गरिने भएको छ ।
शिक्षाध्यक्षको कार्यालयले डीनहरूसँग गरेको छलफलपछि भर्ना पुनः थप्ने भएको हो । यो विषयमा कुनै निर्णय नगरे पनि एक हप्ता थप गर्ने विषयमा डीनहरूले सुझाव दिएका हुन । सोही आधारमा शिक्षाध्यक्षको कार्यालयले एक हप्ता पुनः भर्ना खोल्ने निष्कर्ष निकालेको हो ।
शिक्षाध्यक्षको कार्यालयले स्नातक तहको भर्ना रोक्न सबै डीन कार्यालयहरूलाई निर्देशन दिएको थियो । सोही आधारमा डीन कार्यालयले भर्ना प्रक्रिया रोकेका थिए । विद्यार्थी भर्ना हुन नपाउँदै भर्ना प्रक्रिया रोकेको भन्दै चौतर्फी विरोध जनाएका थिए ।