२ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भूमि सम्बन्धि अध्यादेश जारी भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई व्यंग्य गर्दै अब खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएको बताएका छन् ।
सामाजिक सञ्जालमा ओली र देउवाको तस्वीर राखेर लेख्दै बालेनले भनेका छन्-
'अब खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई ।'
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजै भूमि सम्बन्धि अध्यादेश जारी गरेका छन् ।