३ माघ, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज पनि वर्षाको सम्भावना छ । पश्चिमी वायुको प्रभावले सुदूर र कर्णालीसँगै गण्डकी र लुम्बिनीका पहाडी भू-भागका एक / दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थान, गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक / दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।