३ माघ, काठमाडौं । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संसद् भवन (हाउस अफ कमन्स)मा कन्जरभेटिभ पार्टीका नेता एवं बेलायतका पूर्व विदेशमन्त्री जेम्स क्लेभर्लीसँग भेटवार्ता गरेका छन् ।
भेटमा कोइराला र क्लेभर्लीका बिच नेपाल–बेलायत सम्बन्ध, आपसी सहयोग जस्ता विषयमा कुराकानी भएको बताइएको छ । कोइराला नेपालमा बेलायती सहयोगमार्फत बनेका आयोजनामा थप सहयोगका निम्ति आग्रह गरे ।