|  

अस्ट्रेलियामा नेपाली व्यक्तिले चलाएको कार दुर्घटना हुँदा चार जनाको मृ#त्यु

३ माघ, काठमाडौं । अस्ट्रेलियामा नेपाली मूलका एक व्यक्तिले चलाएको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

पश्चिम अस्ट्रेलियाको पर्थमा नेपाली मूलका रविन रावलले चलाएको कार ट्याक्सीसँग ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

दुर्घटनामा रावलसहित ५८ वर्षीय ट्याक्सी चालक र ट्याक्सीमा सवार अरू दुई जनाको मृत्यु भएको छ ।ट्याक्सीमा चालकसहित ८१ वर्षीया र ५६ वर्षीया महिला सवार थिए ।

उनीहरूको परिचय खुलाइएको छैन ।  ४३ वर्षीय रावल पर्थमा सरकारी जागिरे थिए । उनका श्रीमती र सन्तान छन् ।