३ माघ, काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण भएको छ ।
उनको बान्द्रास्थित घरमा पसेर धारिलो हतियारले एक जना आक्रमणकारीले आक्रमण गरेका थिए । सैफलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
अबेर राति एक अज्ञात व्यक्ति सैफको घरमा छिरेको थिए । उनले अभिनेतामाथि छुराले आक्रमण गरे ।
आक्रमणमा सैफ अली खान घाइते भएको र उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनको उपचार भइरहेको प्रहरीले बताएको छ ।