|  

आवासगृहमा आगलागी हुँदा सीडीओका सुरक्षागार्ड घाइते

३ माघ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी भएको छ ।

जोमसोमस्थित प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी हुँदा प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएका छन् ।

घाइते भएका तिवारीलाई उपचारका लागि पोखरा पठाइएको छ । तिवारीको अवस्था खतरामुक्त छ । हवल्दार तिवारी सुत्ने कोठा र त्यहाँ रहेका सामग्री जलेर नष्ट भएका छन् ।

तिवारी आगलागी भएपछि झ्यालबाट हाम फालेर बाहिर निस्किएका थिए। प्रहरी, कर्मचारी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।