३ माघ, काठमाडौं । एप्पलले आईफोनको नयाँ संस्करणमा आईफोन १७ एयर नामक नयाँ मोडेल थप्ने भएको छ ।
ब्लुमबर्गका पत्रकार मार्क गुरम्यानले ब्लगमार्फत यस्तो खुलासा गरेका हुन् । एप्पलले म्याकबुक र आईप्याडमा ‘एयर’ मोडेल ल्याएर सफलता पाएको थियो । त्यसैले आईफोनमा पनि यो मोडल ल्याउनु स्वाभाविक भएको विज्ञहरूले बताएका छन् ।
यो आईफोन प्लस वा मिनीभन्दा धेरै आकर्षक हुन सक्ने अनुमान गरिएको छ ।आईफोन १७ एयरमा एप्पलले बनाएको पहिलो मोडेम प्रयोग हुनेछ ।
यो मोडेम नयाँ आउने एप्पलको सस्तो मोडेलको आईफोन एसईमा पनि प्रयोग हुने बताइएको छ । यो फोन अहिलेसम्मकै सबैभन्दा पातलो हुने बताइएको छ । यो फोन अहिलेको आईफोनभन्दा २ मिलिमिटर पातलो हुनेछ ।