०३ माघ, काठमाडौं । प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली आज पोखरा जाँदैछन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सरिक हुन उनी पोखरा जान लागेका हुन् । दीक्षान्त समारोहमा मेडिकल विज्ञान संकाय पोस्टग्रयाजुएट (चिकित्सा डाक्टर-शल्यचिकित्सा स्नातकोत्तर, एमडी-एमएस) का प्रथम र दोस्रो ब्याचका ४३ विद्यार्थी दीक्षित हुँदैछन ।
आजै प्रतिष्ठानको सिनेटसमेत हुने शाखा अधिकृत सुशीलकुमार अर्यालले जानकारी दिए । आज प्रतिष्ठानको भवन उद्घाटन, सिनेट बैठकपछि दीक्षान्त हुने अर्यालले बताए । प्रतिष्ठान परिसरमा बनेको आकस्मिक भवन प्रधानमन्त्रीले उद्घाटन गर्नेछन् ।