|  

अभिनेता सैफ अलीमाथि ६ पटक चक्कु प्रहार !

३ माघ, काठमाडौं ।  बलिउड अभिनेता सैफ अली खानमाथि उनकै घरमा चक्कु प्रहार भएको छ । सैफको घाँटी, ढाड, हात र टाउकोमा चक्कु प्रहार भएको हो ।

अलीमाथि बिहीबार बिहान करिब २ः३० बजे मुम्बईको खारमा रहेको उनको घरमै ६ पटक छुरा प्रहार भएको हो । सैफलाई बिहान ३ः ३० बजे लीलावती अस्पताल ल्याइएको थियो । जहाँ उनको शल्यक्रिया गरिएको थियो ।

लीलावती अस्पतालका अनुसार सैफलाई ६ पटक छुरा प्रहार गरिएको छ । तीमध्ये दुईवटा घाउ गहिरो छन् । मेरुदण्ड नजिकै पनि घाउ छ । डाक्टर लीना र डाक्टर नितिन डांगेले सैफको उपचार गरिरहेका छसैफको टोलीको आधिकारिक बयानमा उनको घरमा चोरीको प्रयास गरिएको भनिएको छ ।

आक्रमणमा सैफको घरकी एक कामदार पनि घाइते भएकी छन् । आक्रमणको समयमा परिवारका अन्य सदस्यहरू कहाँ थिए भन्ने जानकारी हालसम्म उपलब्ध छैन।