|  

कांग्रेससँग छलफल गरेरै अध्यादेश आएको हो‚ चर्चा गर्न आवश्यक छैनः कांग्रेस 

३ माघ, काठमाडौं ।  नेपाली कांग्रेसले प्रधानम्नत्री केपी शर्मा ओलीले कांग्रेससँग समन्वय र छलफल गरेरै अध्यादेश ल्याएको बताएको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दलबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूसँगको छलफलमा महामन्त्री गगनकुमार थापाले सो जानकारी गराएको स्रोतले जनाएको छ ।

‘सरकारले ल्याएको अध्यादेश हामीसँग छलफल भएरै आएको हो । यसमा चर्चा परिचर्चा गर्न आवश्यक छैन,’ स्रोतले भन्यो ।