०३ माघ, काठमाडौं । काठमाडौँ क्षेत्रमा उत्पादित भाजी रायो सागमा विषादी भेटिएको छ ।
फलफूल तथा तरकारी बजार विकास समितिले आज परीक्षण गरेको तरकारीमध्ये काठमाडौंको भाजी रायो सागमा विषादी भेटिएको हो । समितिले २० वटा तरकारीको नमुना सङ्कलन गरी विषादीको परीक्षण गरेको थियो । काठमाडौँ क्षेत्रका भाजी रायो सागमा ८६.४४८ प्रतिशत रोकावट अर्गानोफस्फेट विषादीको मात्रा भेटिएको छ ।