३ माघ, काठमाडौं । अब धेरै स्वदेशी वस्तुहरूको प्रयोग गर्ने संघीय, प्रदेश तथा स्थानीय सरकार मातहतका कार्यालयहरूले पुरस्कार पाउने भएका छन् ।
संघीय सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका जारी गर्दै यस्तो व्यवस्था सुरू गरेको हो । यो निर्देशिका अनुसार पाएसम्म स्वदेशी वस्तुको प्रयोग गर्नु पर्नेछ ।
सार्वजनिक खरिद नियमावलीको नियम १७ अनुसार कुनै पनि सार्वजनिक कामको खरिदमा १५ प्रतिशतसम्म महँगो मूल्य भए पनि स्वदेशी वस्तुको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस क्रममा स्वदेशी वस्तुलाई प्रोत्साहन गर्नको लागि हरेक वर्ष पुरस्कारको दिन सकिने व्यवस्था गरिएको हो ।