३ माघ, काठमाडौं । प्यूठानको सरुमारानी गाउँपालिका-२ दर्भानमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको छ ।
सालनालसमेत नकाटिएको अवस्थामा शिशुको शव फेला परेको हो प्रहरीले जनाएको छ ।
स्थानीयवासीले फोहोर संकलन गर्न राखिएको डस्टबिनमा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।