३ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरबीच भेटवार्ता भएको छ ।
बेलायत भ्रमणमा रहेका डा. कोइरालासँग अध्यक्ष बेकरले लण्डनस्थित नेपाली राजदुतावासमा भेट गरेका हुन् । भेटमा कोइरालाले भुपु गोर्खा सैनिकहरुको सेवा सुबिधा समस्याको समाधान गर्नुपर्ने माग राखेका छन् ।
उनले ब्रिटिस एअरवेजको लण्डन काठमाडौ सिधा हवाई उडान हुनु पर्ने पनि बताए । साथै नेता कोइरालाले जलवायु परिवर्तनका कारण नेपाल संकटमा रहेको भन्दै जलवायु परिवर्तनका कारण नेपालले ठुलो क्षति व्यहोनुपरेको बताए ।
उनले नेपालले व्यहोरिरहेको क्षतिको क्षतिपुर्ती मागका लागि बेलायत सरकारले सहयोग गर्नुपर्ने धारणा राखे । भेटमा अध्यक्ष बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छन् । उनीहरुबीच भएको भेटमा बेलायतका लागि कार्यबाहक राजदुत बिपिन दुवाडी पनि सहभागी थिए ।