|  

दीलेन्द्र बडूको संयोजकत्वमा संसदीय अनुशासन समिति गठन

०३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको मन्त्रीहरू र संसदीय कार्यसमितिको बैठकले संसदीय अनुशासन समिति गठन गरेको छ ।

आज बसेको कार्यसमितिको बैठकले सांसद दीलेन्द्र बडूको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको हो । बैठकमा कांग्रेसको तर्फबाट सरकारमा रहेका मन्त्रीहरूले आफ्नो कार्यप्रगति विवरण पेश गरेका छन ।

यसैगरी, कांग्रेसले मन्त्रीहरूलाई हप्ताको २ दिन पार्टी कार्यालयमा पुग्न निर्देशन दिएको छ । मन्त्रीहरूले गुनासो नसुनेको नेता-कार्यकर्ताले गुनासो गर्न थालेपछि गुनासो सुन्ने गरी हप्ताको २ दिन पार्टी केन्द्रीय कार्यालय पुग्न कांग्रेसले निर्देशन दिएको हाे । स्थानीय तहबाट आउने गुनासोलाई सम्बोधन गर्न छुट्टै छलफल गरिने काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिएका छन् ।